Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बारा २ मा उपेन्द्र यादवको विजय कसैले रोक्न सक्दैन : लोसपा नेता

बारा २ मा उपेन्द्र यादवको विजय कसैले रोक्न सक्दैन : लोसपा नेता

  • सोमवार, चैत्र २७ २०७९

  • 716
    SHARES

  • बारा २ मा उपेन्द्र यादवको विजय कसैले रोक्न सक्दैन : लोसपा नेता
    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले बारा २ मा उपेन्द्र यादवको विजय कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता झाले  बारा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको पक्षमा माहौल बन्दै गएको बताउनुभयो । 
     
    उहाँले जनमत पार्टीलाई गठबन्धनमा बस्ने नैतिकता नभएको पनि बताउनुभयो । झाले भन्नुभयो, ‘हामी सत्ता गठबन्धनमा छौं । बारा २ को महत्त्वपूर्ण पार्टी कांग्रेस हो, माओवादीले पनि उपेन्द्र यादवलाई समर्थन गरेका छन् । सीके राउत बोली फेरिइरहनुभएको छ । जनतालाई झुक्याइरहनुभएको छ । एकातिर गठबन्धनमा पनि छु भन्ने, अर्कातिर गठबन्धनको निर्णय पनि नमान्नु ठिक होइन । गठबन्धनमा रहेर त्यस विपरीतका निर्णय गर्नु अनैतिक हो ।’
     
    नेता झाले बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले सुशासन दिन नसक्ने ठोकुवा गर्नुभयो। 
     


    सोमवार, चैत्र २७ २०७९०८:३१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij