Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्दै

नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्दै

  • मंगलवार, आश्विन ६ २०७७

  • 1.0K
    SHARES

  • नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

    मध्यान्हः साढे १२ बजे बस्ने बैठकमा यसअघि पेस गरिएको कार्यसूचीमा छलफल हुनेछ। कार्यसूचीमाथि थप गृहकार्य गर्न हिजो सोमबारका लागि तय बैठक मंगलबार आजका लागि सारिएको हो।

    गत आइतबार पार्टी कार्यलय पेरिडाँडामा बसेको बैठकले मन्त्रीमण्डल फेरबदल गर्ने र राजनीतिक नियुक्तिहरुका बारेमा छलफल गर्ने निर्णय गरेको थियो ।

    आजको बैठकमा अहिले भइरहेका मन्त्रीहरुको कामको समिक्षा गर्ने र मन्त्रीहरु फेरबदलको मापदण्ड बनाउने बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

    मन्त्रीमण्डल पुनर्गठनका लागि नेकपा सचिवालयमा तीन, चार ओटा स्वरुप सम्वन्धी प्रस्ताव पेश भएको छ । नेताहरुले दिएको जानकारी अनुसार प्रधानमन्त्री बाहेक सवै मन्त्री फेर्ने, राम्रो गरेकालाई राख्ने र राम्रो गर्न नसकेकालाई हटाउने वा पछि थपिएकालाई राख्ने पहिले देखिकालाई हटाउनेलगायतका विकल्पमाथी छलफल भइरहेको छ ।

    यसअघि हिजो प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तय कार्यसूचीभित्रका एजेण्डा आजको बैठकमा टुंग्याउनेगरी छलफल गर्नुुभएको थियो ।

     

     


    मंगलवार, आश्विन ६ २०७७०७:५९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij