Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शान्तिप्रक्रियालाई छिटो टुंगो लगाउनुको अर्को उपाय छैन : देवेन्द्र पौडेल

शान्तिप्रक्रियालाई छिटो टुंगो लगाउनुको अर्को उपाय छैन : देवेन्द्र पौडेल

  • आइतवार, चैत्र २६ २०७९

  • 491
    SHARES

  • शान्तिप्रक्रियालाई छिटो टुंगो लगाउनुको अर्को उपाय छैन : देवेन्द्र पौडेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले मुलुकलाई शान्ति, समृद्धि र सुशासनको बाटोमा लैजाने शान्तिप्रक्रियालाई छिटोभन्दा छिटा टुंगो लगाउनुको अर्को कुनै उपाय नभएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका पौडेलले यो विषयमा विरोध गर्नुपर्ने कुनै कारण नरहेकाले सहमति भएको विषयमा छिटोभन्दा छिटो टुङगो लगाउन प्रमुख प्रतिपक्षी दलसँग पनि अनुरोध गर्नुभएको छ । संक्रमणकालीन न्याय निरूपण (टीआरसी)सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तारूढ दलले गरेको प्रस्ताव विपक्षी दलले अस्वीकार गरेको छ ।

    सभामुख देवराज घिमिरेको कार्यकक्षमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा प्रचण्ड र देउवाले टीआरसी विधेयक फास्ट ट्र्याकमा पारित गर्ने प्रस्ताव गरेपछि ओलीले त्यसलाई अस्वीकार गर्दै समितिमा छलफल गर्नुपर्ने अडान लिुनभएको थियो ।

    एमाले अध्यक्ष ओलीले उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान लिँदै प्रधानमन्त्री प्रचण्ड र देउवाको प्रस्ताव अस्वीकार गर्नुभएको छ ।

    शान्तिप्रक्रियालाई टुंगो लगाउने कुरा सत्तापक्ष वा प्रतिपक्षको भन्दा पनि साझा विषय रहेको बताउँदै नेता पौडेलले यसमा माओवादी मात्र नभएर नेपाली सेनालगायतको सुरक्षा निकाय, राजनीतिक दलहरु र अन्तर्राष्ट्रिय समुदाय पनि जोडिएको बताउनुभयो ।

    यसै सदनबाट टीआरसी विधेयक पारित गर्न सहमति जुटाउन अधिकतम प्रयत्न गरिने पनि नेता पौडेलको भनाइ छ । यस्तै नेता पौडेलले अर्को प्रसंगमा अहिलेको गठबन्धनको सरकार पाँच वर्ष टिक्ने वातावरण बनेको दाबी गर्नुभएको छ ।


    आइतवार, चैत्र २६ २०७९०८:३८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij