Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यले रेकर्ड तोड्यो, कति छ आजको मुल्य ?

सुनको मूल्यले रेकर्ड तोड्यो, कति छ आजको मुल्य ?

  • बुधवार, चैत्र २२ २०७९

  • 695
    SHARES

  • सुनको मूल्यले रेकर्ड तोड्यो, कति छ आजको मुल्य ?

    काठमाडौं। नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य हालसम्मकै उच्च अंकमा पुगेको छ। साप्ताहिक कारोबारको चौथो दिन आज  तोलामा २ हजार रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च अंकमा पुगेको हो।

    बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ। तेजाबी सुन भने तोलामा १ हजार ९५० रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ।

    यसअघि सुनको मूल्यले गत चैत ५ गते उच्च अंकको रेकर्ड राखेको थियो। चैत ५ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ पुगेको थियो।

    यस्तै, गत माघ १९ गते पनि सूनको मूल्यले सर्वाधिक उच्च अंकको रेकर्ड राखेको थियो। माघ १९ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो।

    आज चाँदीको मूल्य तोलामा ३४ रुपैयाँ ५० पैसाले बढेर प्रतितोला १ हजार २३४ रुपैयाँ ५० पैसा कायम भएको छ। यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।


    बुधवार, चैत्र २२ २०७९१२:५९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij