Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

हर्क साम्पाङ प्रधानमन्त्रीसँग पानी माग्दै बालुवाटारमा

हर्क साम्पाङ प्रधानमन्त्रीसँग पानी माग्दै बालुवाटारमा

  • मंगलवार, चैत्र २१ २०७९

  • 507
    SHARES

  • हर्क साम्पाङ  प्रधानमन्त्रीसँग पानी माग्दै  बालुवाटारमा

    काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाइ भेटेर धरानमा खानेपानी समस्या समाधान गर्न आग्रह गर्नुभएको छ। आज मेयर साम्पाङ नेतृत्वको टोली धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै बालुवाटार पुगेको हो ।

    टोलीले कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि उपमहानगरको तर्फबाट प्रधानमन्त्री ‘प्रचण्ड’ समक्ष मेयर साम्पाङले ज्ञापन पत्रसमेत बुझाउनुभएको छ।

    मेयरसँगै उपमेयर आइन्द्रविक्रम बेघासहितको टोलीले आगामी आर्थिक वर्षको बजेटमा धरानको खानेपानी योजनालाई समेटिदिन प्रधानमन्त्रीसँग आग्रहसमेत गरेको छ।

    उपमहानगरले प्रधानमन्त्रीलाई बुझाएको मागपत्रमा धरानको खानेपानीका लागि अनेक प्रयास भएपनि दीर्घकालीन समस्या समाधान गर्न कोशीको पानी ल्याउनुपर्ने आवश्यकता रहेको भन्दै उक्त योजनाका लागि खानेपानी मन्त्रालयले डीपीआरसमेत तयार पारेकाले बजेट विनियोजन गर्न माग गरिएको छ।

    dharan-khanepani-mag-pm.jpg

    कोशिको पानी ल्याउनका लागि साढे १ अर्बको बजेट लाग्ने अनुमान गरिएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले पनि खानेपानी समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताउँदै बजेटले सम्बोधन गर्ने आश्वासन दिनुभएको बताइएको छ ।



    मंगलवार, चैत्र २१ २०७९०२:०७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij