Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पेट्रोलको नयाँ मूल्य आजदेखि लागू

पेट्रोलको नयाँ मूल्य आजदेखि लागू

  • मंगलवार, चैत्र २१ २०७९

  • 365
    SHARES

  • पेट्रोलको नयाँ मूल्य आजदेखि लागू

    काठमाडौं । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । हिजो बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको थियो ।

    राति १२ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु ३, डिजेल र मट्टितेलमा प्रति लिटर रु १०, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर रु १० र हवाई इन्धन (वाह्यतर्फ) प्रति लिटर अमेरिकी डलर ७० (अर्थात् करिब रु १० प्रति लिटर) ले घटाइएको निगमले जनाएको छ

    घटेको मूल्य अनुसार अब निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्म अब पेट्रोल रु १७५ प्रतिलिटर, डिजेल र मट्टितेल रु १७०, हवाई इन्धन (आन्तरिक) रु १६० कायम भएको छ ।

    खाना पकाउने एलपी ग्यासको मूल्य रु १८०० यथावत राखिएको छ ।


    मंगलवार, चैत्र २१ २०७९०८:३६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij