Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

बुटवल–पाल्पा सडक आजदेखि दैनिक ९ घन्टासम्म बन्द

बुटवल–पाल्पा सडक आजदेखि दैनिक ९ घन्टासम्म बन्द

  • सोमवार, चैत्र २० २०७९

  • 417
    SHARES

  • बुटवल–पाल्पा सडक आजदेखि दैनिक ९ घन्टासम्म बन्द

    काठमाडौं। आजदेखि बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो।

    सडक खण्डको रामापिथेक्स पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निमार्ण कार्य शुरु गरेपछि आजदेखी दैनिक दुईवटा सिफटमा सडक बन्द गरेर आयोजनाको कार्य अघि बढाउन खोजिएको हो ।

    निर्माण कम्पनि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका अनुसार सो खण्डमा माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा रातको १० देखि बिहान ४ बजेसम्म सडक बन्द लागिएको हो ।

    अर्को सूचना जारी नभएसम्म निमार्णस्थल वरपर आउजाऊमा समेत रोक लगाईएको छ। साथै,एम्बुलेन्स,पेट्रोलियम पदार्थ बोक्ने टयांकरलगायत अत्यावश्यक सवारी सञ्चालनमा भने अवरोध नहुने उल्लेख छ ।


    सोमवार, चैत्र २० २०७९०८:०९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij