Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आजदेखि ए डिभिजन लिगमा छैटौं चरणका खेल सुरु हुँदै

आजदेखि ए डिभिजन लिगमा छैटौं चरणका खेल सुरु हुँदै

  • सोमवार, चैत्र २० २०७९

  • 389
    SHARES

  • आजदेखि ए डिभिजन लिगमा छैटौं चरणका खेल सुरु हुँदै

    काठमाडौं। अन्तर्राष्ट्रिय खेलका लागि ब्रेकपछि शहीद स्मारक ए डिभिजन लिगका छैटौं चरणका खेल आजदेखि सुरु हुँदैछन्। गत १९ फागुनदेखि सुरु भएको ए डिभिजन लिगमा पाँच चरणको खेल सकिएपछि ४ चैतमा ब्रेक भएको थियो । ब्रेकमा प्रधानमन्त्री थ्री नेसन्स कपदेखि मोफसलमा विभिन्न गोल्डकप प्रतियोगिताहरु सम्पन्न भए ।

    आजदेखि भने छैटौं चरणको सुरुवाती दुई खेल हुनेछन्। संकटा र एफसी खुमलटारबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ । पाँच खेलबाट संकटा र नवप्रवेशी खुमलटार दुवैको समान ६ अंक छ। संकटा आठौं र खुमलटार नवौँ स्थानमा छन् ।

    यस्तै विभागीय डर्बीमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे नै च्यासल मैदानमा खेल सुरु हुनेछ। यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै दुई खेल जितिसकेको एपीएफ ७ अंकसहित छैटौं स्थानमा छ ।

    उता पाँचौ चरणमा पुगेर पहिलो एक अंक जोडेको पुलिस यस सिजन कमजोर देखिएको छ। अहिलेसम्म जितविहीन रहेको पुलिस १ अंकसहित तालिकाको पुछारमा छ ।


    सोमवार, चैत्र २० २०७९०६:५२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij