Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

थप १ हजार जनाको मिटरब्याज पीडितको टोली काठमाडौं आउँदै

थप १ हजार जनाको मिटरब्याज पीडितको टोली काठमाडौं आउँदै

  • आइतवार, चैत्र १९ २०७९

  • 424
    SHARES

  • थप १ हजार जनाको मिटरब्याज पीडितको टोली काठमाडौं आउँदै

    काठमाडौं। महोत्तरीको बर्दिबासबाट ११ दिन पैदलयात्रा गरेर ७२ जना मिटरब्याज पीडित काठमाडौं आएको छैटौँ दिनमा थप १ हजार बढी पीडित काठमाडौं आउने भएका छन्। देशभरका १८ जिल्लाबाट आइतबार पीडितहरू काठमाडौं आउन लागेको मिटरब्याज विरुद्धको संघर्ष समितिका संयोजक मनोज खतिवडाले जानकारी दिनुभयो ।

    देशभर ३५ जिल्लाका पीडितहरू सम्पर्कमा आएकोमा तत्काल १८ जिल्लाबाट पीडितहरू काठमाडौं आउन लागेको उहाँले बताउनुभयो।उनिहरुको भोलीसम्म काठमाडौं आइपुग्ने तयारी छ। २० चैतमा सिंहदरबार, २१ चैतमा बालुवाटार र २२ चैतमा संसद् भवनअगाडि मार्चमास गरेर धर्नाका कार्यक्रम सार्वजनिक तयारी रहेको खतिवडाले बताउनुभयो ।

    नवलपरासीका मिटरब्याज पीडितहरू विगत २८ महिनादेखि मिटरब्याजविरुद्ध आन्दोलित छन्।सरकारले आफूहरुका माग सम्बोधन गर्न गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न आयोग गठन गरेपछि आन्दोलन फिर्ता लिने तयारीमा छन्।

    पटकपटक विरोध कार्यक्रमसहित उनीहरू काठमाडौं आएर धर्नामा बस्ने गरेका छन्। गत असोज १ गते पीडित र सरकारबीच ५ बूँदे सम्झौतासहित सहमति भएको थियो। तर त्यो सहमति कार्यान्वयन नभएको र अहिले उही ५ बुँदे सम्झौतामा सहमति भएको संघर्ष समितिका संयोजक खतिवडाले बताउनुभयो ।


    आइतवार, चैत्र १९ २०७९०२:३१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij