काठमाडौं । खोलामा नुहाउँने क्रममा अछाममा भगवान् शिवको कलात्मक मूर्ति र शिवलिंग भेटिएपछि स्थानिय खुसी भएका छन् । जिल्लाको कमलबजार नगरपालिका–५ स्थित सातजडा त्रिवेणीमा नुहाउने बेला पानीभित्र बालुवा मुनि शिव पार्वतीको तामा पित्तलको मूर्ति र शिवलिंग फेला परेपछि स्थानिय खुसी भएका हुन् ।
फेला परेको मूर्ति र शिवलिंग करिब २ वर्ष फेला पार्ने व्यक्ति दल बहादुर साउँदले आफ्नै घरमा राख्नुभएको थियो । पछि स्थानिय व्याक्तिको सुचनाका आधारमा पुरातत्त्व विभागले अनुसन्धानको लागि लगेको थियो । उसले अहिले प्रक्रिया पुर्याएर कमलवजार नगरपालिकाको कार्यालयमा सुरक्षित बुझाएको छ ।
कमलवजार नगरपालिका र पञ्चदेवल नगरपालिकाको बिच ठाउँमा फेला परेकोले दुई पालिकाले समन्वय गरेर छिटोभन्दा छिटो मन्दिर निर्माण गरेर मूर्ति र शिवलिंग व्यवस्थापन गर्न स्थानियले माग गरेका छन् । एक जनाबाट यो काम सम्भव नभएकाले सबैले यसमा आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिन शिक्षक नारायणप्रसाद तिमिल्सैना आग्रह गर्नुहुन्छ । यस कार्यमा मेरो सक्रियता पहिलेदेखि नै थियो र अझै जारी रहने छ उहाँले भन्नुभयो, तर एक जनाबाट यो असम्भव छ, सबैले यसमा पहल गरिदिउँन् ।
त्रिवेणी आसपासमा यसअघि पनि विभिन्न समयमा भगवान् शिवसँग सम्बन्धित सामग्रीहरु फेला पर्ने गरेका स्थानियले बताएका छन् ।