Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उडिरहेको जहाजभित्रै टिकटक बनाउँने हिमालय एयरका तीन कर्मचारी निलम्बित

उडिरहेको जहाजभित्रै टिकटक बनाउँने हिमालय एयरका तीन कर्मचारी निलम्बित

  • शुक्रवार, चैत्र १७ २०७९

  • 372
    SHARES

  • उडिरहेको जहाजभित्रै टिकटक बनाउँने हिमालय एयरका तीन कर्मचारी निलम्बित

    काठमाडौं। उडिरहेको जहाजभित्र टिकटक बनाउँने हिमालय एयरलाइन्सका ३ जना क्याबिन–क्रु निलम्बित भएका छन्। हिजो काठमाडौंदेखि दोहा जाने हवाइजहाजमा उडानका दौरान अन–बोर्ड क्याबिन क्रुका तीन जना कर्मचारीले टिकटक बनाएको पाईएपछि उनिहरु कारबाहीमा परेका हुन्।

    दोहाका लागि उडेको एच ९–५६३ उडान नम्बरको विमानमा २ एयरहोस्टेज महिला तथा एक पुरुष फ्लाइट एटेन्डेन्टले टिकटक बनाएका थिए।पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा उनीहरुले टिकटक बनाउँदै रमाइलो गरेको भिडियोमा देखिन्छ।

    यसरी विमान उडिरहेको बेला भिडियो बनाउनु ‘इनफ्लाइट सेफ्टी’ विरुद्धको कसुर ठहरिन्छ। सोही कसूरमा उनीहरूलाई कारबाही गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।


    शुक्रवार, चैत्र १७ २०७९०२:३८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij