Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री थ्री-नेसन्स कपमा नेपाल फाइनलमा प्रवेश

प्रधानमन्त्री थ्री-नेसन्स कपमा नेपाल फाइनलमा प्रवेश

  • बुधवार, चैत्र १५ २०७९

  • 432
    SHARES

  • प्रधानमन्त्री थ्री-नेसन्स कपमा नेपाल फाइनलमा प्रवेश

    काठमाडौं ।  प्रधानमन्त्री थ्री-नेसन्स कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

    खेलमा पहिलो गोल भने भुटानले गरेको थियो । मंगलबार दशरथ रंगशालमा भएको खेलको १९ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । भुटान जीततर्फ अघि बढिरहँदा दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिममा गोल गरे ।

    खेल बराबरीमा सकिएसँगै जीतविहीन बन्दै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले फाइनलमा लाओसको खेल्ने छ । फाइनल खेल आगामी शुक्रबार हुने छ ।


    बुधवार, चैत्र १५ २०७९०७:१९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij