काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का नेता सोमप्रसाद पाण्डेले अबको एक, दुई दिनमा सरकार विस्तार हुने बताउनुभएको छ ।
१० गतेभित्रमा सरकार विस्तार गर्ने तयारी गरिए पनि गठबन्धनमा रहेका सबै दललाई सहमती र सझदारीमा समेट्नुपर्ने भएकाले केहि ढिलाइ भएको प्रस्ट पार्दै भोलि या पर्सीसम्म मन्त्रीमण्डल विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
देशको समग्रतामा महत्वपूर्ण भूमिका खेल्न सक्ने र औचित्यलाई हेरेर पनि नेकपा एसले गृह मन्त्रालय माग गरेको नेता पाण्डेले बताउनुभयो । यस्तै आफ्नो पार्टीले गृहमा दावी गर्दा मन्त्रालय भागबण्डामा पनि ब्यालेन्स मिल्ने उहाँको भनाइ छ ।
यस्तै मन्त्रालय बाँडफाँडमा कुनै अवरोध नहुने बताउँदै नेता पाण्डेले बैठकमा भएको समझदारी र निर्णयमा आफूहरु सधै तयार रहने तर्क गर्नुभयो । अझैं पनि कुन पार्टीले कति सिट पाउने भन्नेबारे टुंगो लागिनसेका कारण कुन मन्त्रालय कस्ले पाउन भन्ने प्रस्ट भइनसकेको नेता पाण्डेको भनाइ छ ।
नेपाली कांग्रेसले राष्ट्रपति र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पद पाइसकेकाले ती पार्टीले पाउने अबका पद केहि तलमाथि हुन सक्ने संकेत गर्दै आफ्नो पार्टी नेकपा एसले तीन मन्त्रालयको दावी गरेको बताउनुभयो। गृहसहित तीन मन्त्रालयको मागबाट आफूहरु पछि नहट्ने नेता पाण्डेको भनाइ छ ।