Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मिटरब्याजीहरूको रवैयाले ऋणी पीडामा, रात पर्दा समेत थामिँदैनन् आँखा (खास खबर) 

मिटरब्याजीहरूको रवैयाले ऋणी पीडामा, रात पर्दा समेत थामिँदैनन् आँखा (खास खबर) 

 गाउँका सिंहदरबारले नसुन्दा पीडित केन्द्रमा
  • सोमवार, चैत्र १३ २०७९

  • 366
    SHARES

  • मिटरब्याजीहरूको रवैयाले ऋणी पीडामा, रात पर्दा समेत थामिँदैनन् आँखा (खास खबर) 
    काठमाडौं । भोको पेट, चाउरी परेका गाला, माटोले फाटेका खुट्टा, कसैका काखैमा दुधे बालक । मिटरब्याजीको रवैयाले आक्रान्त भएका सप्तरीका पीडितहरू काठमाडौंको आकाशमा ओत लिई सरकारलाई गुहारिरहेका छन् । उनीहरू भन्छन्, हामीले लिएको पैसा तिरिसक्यौँ, अझै ब्याजमाथि ब्याज थपेर हामीलाई त्रास देखाउन छोडिएको छैन । कसरी बाँच्नु ? यो कथा होइन, वास्तविकता हो । मधेशमा मात्रै होइन मिटरब्याजको जालो हरेक क्षेत्रमा फैलिएको छ । कोही राजनीतिक आडमा यो धन्दा चलाइरहेका छन् भने कोही प्रशासनको सेटिङमा गरिब मारिरहेका छन् । मिटरब्याजको दलदलमा फसेका सप्तरीका पीडितहरू पैदलै हिँडेर ११ दिनमा काठमाडौं आइपुगेका छन् । उनीहरूको आशा छ, सरकारले गैर कानुनी रुपमा धन्दा चलाउने बिचौलियाहरूलाई कानुनी कड्घरामा ल्याउँछ । घरघरमा पुगेको सिंहदरबारले नसुनेपछि काठमाडौंकै सिंहदरबारसँग गुहार्न उनीहरू बाध्य छन् । 
     
    अघिल्लो पटक नवलपरासीलगायतका जिल्लाबाट मिटरब्याज पीडित काठमाडौंमा आएका थिए । तत्कालीन समयमा गृहमन्त्रालयले एक समिति गठन गरी फिल्डमै अध्ययनका लागि टोली समेत पठाएको थियो । उक्त समितिले के प्रतिवेदन बनायो, कतिको संलग्नता देखायो, सरकारले कसलाई कारबाही गर्‍यो त्यसको जानकारी भने आएको छैन । 
     
    पीडा बोकेर आएका नागरिकहरूलाई नजिकबाट देखेपछि भावनामा डुब्ने र आफ्नो आँखा अगाडिबाट ढल्किएपछि वास्ता नगर्ने प्रवृत्तिले बिचौलियाहरूलाई ढाडस पुगेको छ । आफूले ऋणका रुपमा लिएको पैसा तिरिसकेको बताउने ती पीडितका आँखामा आँखा जुधाएर हेर्दा पनि उनीहरूले झुटा बोलेको महसुस हुँदैन । मानिस समस्यामा ऋण काढ्ने हो, समस्या माथि नै झन् समस्या बनाइदिने त्यस्ता दलालका कारण कतिपयको त उठिबास नै लाग्ने गरेको छ । आज सप्तरीका पीडित नागरिकलाई भेट्दै सांसद सिके राउतले यसअघिका मुद्दामा सरकार गम्भीर बनिदिएको भए यस्तो समस्या नबल्झिने बताउनुभयो । संसद्मा समेत आफूले कुरा राखेको बताउँदै राउतले यति लामो कष्टकर यात्राले न्याय पाउनुपर्ने बताउनुभयो । 
     
    मुलुक चरम गरिबीको आहालमा डुबिरहेको बेला, रोजगारीका अवसरहरू गुम्दै गएका बेला सप्तरीका नागरिकमाथि बर्सिएको डण्डा क्षम्य छैन । पैसाको आडमा मानिसमाथि नै थिचोमिचो गर्ने दलालहरूलाई खोजेर कानुनी कड्घरामा उभ्याउनु आजको आवश्यकता हो ।
     


    सोमवार, चैत्र १३ २०७९०८:२७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij