Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गाईको मासु बेच्नेलाई कारबाही गर्न मधेशी आयोगद्वारा गृहलाई पत्राचार

गाईको मासु बेच्नेलाई कारबाही गर्न मधेशी आयोगद्वारा गृहलाई पत्राचार

  • सोमवार, चैत्र १३ २०७९

  • 421
    SHARES

  • गाईको मासु बेच्नेलाई कारबाही गर्न मधेशी आयोगद्वारा गृहलाई पत्राचार
    काठमाडौं । मधेशी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा रहेको चिकेन स्टेशनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ ।
     
    हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेशनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत् प्रचार गरेपछि विभिन्न हिन्दू संघ संगठनहरूले मधेशी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेशनलाई कारबाही गर्नको लागि उजुरी दर्ता गराएका थिए ।
     
    सो उजुरी प्राप्त भएपछि आयोगका अध्यक्ष डा विजयकुमार दत्तको निर्देशनमा आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेशनलाई कारबाही गर्न पत्राचार गरेको हो । आयोगका अध्यक्ष डा दत्तले राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरूले पूजा गर्ने गाईको मासु बेच्नु गैर–कानुनी क्रियाकलाप रहेको बताउँदै आयोगले यो विषयमा तुरुन्त कारबाही गर्न गृहलाई पत्र पठाइएको बताउनुभएको छ ।
     
    अध्यक्ष दत्तले यस्ता गैर–कानुनी काम गर्ने जो–सुकैलाई पनि आयोगले कानुनी दायरामा ल्याई कारबाही गर्न पहल गर्ने जानकारी दिनुभएको छ । 
     
    आयोगले सामाजिक सञ्जाल फेसबुकमा मो. कबिर नाम गरेको व्यक्तिले हिन्दू धर्मका देवी देवताहरूमाथि अपशब्द प्रयोग गरी सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमाथि प्रहार गरेकाले उनलाई समेत तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।
     
    Patra-Griha-mantralaya-_HrLoiEffFr.webp


    सोमवार, चैत्र १३ २०७९०५:०७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij