Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

विश्व बैंकले नेपाललाई १६ अर्ब अनुदान दिने,यी क्षेत्रमा मात्रै खर्च गर्न पाइने

विश्व बैंकले नेपाललाई १६ अर्ब अनुदान दिने,यी क्षेत्रमा मात्रै खर्च गर्न पाइने

  • आइतवार, चैत्र १२ २०७९

  • 365
    SHARES

  • विश्व बैंकले नेपाललाई १६ अर्ब अनुदान दिने,यी क्षेत्रमा मात्रै खर्च गर्न पाइने

    काठमाडौं । विश्व बैंकले नेपाललाई झण्डै १६ अर्ब रुपैयाँ (१२ करोड अमेरिकी डलर )बराबरको अनुदान दिने भएको छ। विश्व बैंक कार्यकारी निर्देशक बोर्डले आज नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न यो रकम बराबरको अनुदान दिने निर्णय गरेको हो।

    यो कार्यक्रम विगतको विद्यालय क्षेत्र कार्यक्रममा आधारित रहेको छ।माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले गुणस्तरीय शिक्षामा लगानी गर्नु भनेको मानव पूँजीको विकासका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

    यसले नयाँ संघीय राज्यको महत्वकांक्षा पुरा गर्न शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने नेपाल सरकारको दृष्टिकोणलाई समेत समर्थन गर्ने उनको भनाइ छ ।

    यो अनुदान कोभिड १९ का कारण बन्द भएका विद्यालयका कारण भएको हानीलाई सम्बोधन गर्न, उपयुक्त कक्षा कोठा निर्माण तथा डिजिटल शिक्षणलाई सुदृढ गर्न प्रयोग हुने समेत विश्व बैंकले जनाएको छ । साथै छात्रवृत्ति कार्यक्रममा समेत यसको प्रयोग हुने भएको छ ।


    आइतवार, चैत्र १२ २०७९०४:३८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij