Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

महोत्तरीका मिटर ब्याज पीडितहरु ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगे

महोत्तरीका मिटर ब्याज पीडितहरु ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगे

  • आइतवार, चैत्र १२ २०७९

  • 425
    SHARES

  • महोत्तरीका मिटर ब्याज पीडितहरु ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगे

    काठमाडौं । महोत्तरीको बर्दिवासबाट मिटर ब्याज पीडितहरु ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका छन्।गत चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै आज काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् ।

    मिटरब्याजविरुद्धको संघर्ष समितिको समन्वयमा उनीहरु ‘बर्दिबास काठमाडौं पैदल मार्च अभियान’ मा सहभागी भएका हुन् ।

    तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने लगायका माग उनीहरुले राखेका छन् । बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन् ।


    आइतवार, चैत्र १२ २०७९०२:४४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij