Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मैले चाहेको भए सीधै राष्ट्रपति पड्काउँथे : माधव नेपाल

मैले चाहेको भए सीधै राष्ट्रपति पड्काउँथे : माधव नेपाल

  • शुक्रवार, चैत्र १० २०७९

  • 635
    SHARES

  • मैले चाहेको भए सीधै राष्ट्रपति पड्काउँथे : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले चाहेको भए राजनीतिक कोर्स परिवर्तन गरेर भएपनि राष्ट्रपति हुनसक्ने तर अस्वीकार गरेको दाबी गर्नुभएको छ ।

    पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै उहाँले सत्ता गठबन्धनमा आफ्नो पार्टी निर्णायक भूमिकामा रहेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘मैले अस्तिको मिटिङमा भनेको थिए । ख्याल रहोस् । अहिले गठबन्धनमा १० वटा छ । म प्रधानमन्त्री भएको बेलामा २२ वटा पार्टीलाई एकताबद्ध बनाएर प्रधानमन्त्री भएको मान्छे । अहिले १० वटा पार्टी हुँदैमा आत्तिनुपर्ने छैन । साथ दिनेहरूलाई मिलाएर लाने हो ।’

    नेपालले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्न नचाहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीले गठबन्धनमा सम्मानजनक भूमिका पाउने बताउनुभयो । एमाले नेतृत्वमा रहेको अहंकारको कारणले प्रतिनिधिसभाको निर्वाचनमा केही धक्का खाएको नेपालको जिकिर थियो ।

    ओलीलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘त्यो अहंकारले गर्दा सबैलाई बेवास्ता भयो । प्रचण्ड प्रधानमन्त्री हुने अवस्था बन्यो । हाम्रो पार्टीलाई कुनै वास्ता भएन । सरकारमा सहभागी बन्नका लागि एकपटक पनि बोलाइएन । जब आफ्नो हातबाट जम्मै फुत्किने अवस्था भइसकेपछि बल्ल दौडधूप सुरू भयो । त्यहाँ भित्रपनि कसैकसैले हल्ला गरेजस्तो एकीकृत समाजवादीका नेतालाई राष्ट्रपति बनाउन तयार भएपनि नबनेपछि हामी के गरौं ? गलत कुरा हो । कुनै आधिकारिक प्रस्ताव आएको छैन । तर, बजारमा माधव नेपालले राष्ट्रपति मागेका थिए । मैले हुन्छ त भनेको थिएँ शेरबहादुरको पाउमा लम्पसार परे । यस्तो झूटो प्रचार गरेपछि दम्भ र अहंकारले नोक्सान पुर्‍याएको होइन ?’


    शुक्रवार, चैत्र १० २०७९०२:४४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij