Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आगामी बजेट सानो आकारको ल्याउने सरकारको तयारी

आगामी बजेट सानो आकारको ल्याउने सरकारको तयारी

  • बिहिवार, चैत्र ९ २०७९

  • 559
    SHARES

  • आगामी बजेट सानो आकारको ल्याउने सरकारको तयारी

    काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आवको भन्दा सानो आकारको ल्याउने भएको छ। चालू आर्थिक वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखको बजेट कार्यान्वयन गरिरहेकोमा सरकारले आगामी आवमा करिब १७ खर्ब रुपैयाँ बराबरको ल्याउने तयारी गरेको हो।

    चालू आव राजस्वमा भारी गिरावटका कारण सार्वजनिक ऋण लिएर सरकार चलाउनुपर्ने परिस्थिति आएसँगै उसले आगामी आवको बजेटको आकार घटाउने भएको छ। चालू आवको अन्त्यसम्म राजस्व वृद्धिदर २.५ प्रतिशतले नकारात्मक हुने गत आवको तुलनामा घट्ने सरकारको अनुमान छ।

    यस्तै, लक्ष्यअनुसार वैदेशिक सहायता पनि प्राप्त हुन सकेको छैन।स्रोत खुम्चिएसँगै सरकारले खर्च पनि सोहीअनुसार कटौती गर्ने तयारी गरेको छ।

    राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचना अनुसार आगामी आवको बजेट सीमा सिलिङ १६ खर्ब ८८ अर्ब रुपैयाँ छ। जुन चालू आवको बजेटभन्दा ५.८६ प्रतिशतले सानो हो।


    बिहिवार, चैत्र ९ २०७९०३:५७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij