Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य आज तोलामा १२ सयले बढ्यो

सुनको मूल्य आज तोलामा १२ सयले बढ्यो

  • बिहिवार, चैत्र ९ २०७९

  • 503
    SHARES

  • सुनको मूल्य आज तोलामा १२ सयले बढ्यो


    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज तोलामा १ हजार २०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची सार्वजनिक गर्दै हिजो बुधबारको तुलनामा मूल्य बढेको जानकारी दिएको हो ।

    यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ कायम थियो ।


    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम भएको छ ।


    बिहिवार, चैत्र ९ २०७९१०:५७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij