काठमाडौं। नाइजेरियामा पानीजन्य संक्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ। संयुक्त राष्ट्रसंघीय बालकोषका अनुसार नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै त्यहाँका कम्तीमा पनि सात करोड आठ लाख बालबालिका पानीजन्य संक्रमणको उच्च खतरामा रहेको देखिएको छ।
बालकोषले नाइजेरिया सरकारलाई शुद्ध र सफा पिउने पानी, शौचालय, सरसफाइ र खानामा लगानी गर्नुपर्ने सुझाव दिएको छ।
देशमा आवश्यक मात्रामा पिउने शुद्ध पानी, चर्पी, स्वस्थ वातावरणको अभावका कारण यहाँका करिब एक तिहाइ बालबालिका स्वास्थ्य जोखिममा परेका युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।