Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एक हप्ताभित्रै मन्त्रीमण्डल विस्तार हुन्छ : देवेन्द्र पौडेल

एक हप्ताभित्रै मन्त्रीमण्डल विस्तार हुन्छ : देवेन्द्र पौडेल

  • मंगलवार, चैत्र ७ २०७९

  • 374
    SHARES

  • एक हप्ताभित्रै मन्त्रीमण्डल विस्तार हुन्छ : देवेन्द्र पौडेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले यहि हप्ताभित्रै मन्त्रीमण्डल विस्तार हुने बताउनुभएको छ । आजैदेखि गृहकार्य सुरु गर्ने र यहिहप्ताभित्रै सरकार विस्तार हुुुुुुुुुुुुुुुुने उहाँको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका पौडेलले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचित र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिइसकेपछि अब सबै कोर्ष सकिएकाले प्रधानमन्त्रीले सबै दललाई सहमतीमा लिएर मन्त्रीमण्डल विस्तार गर्ने बताउनुभयो ।

    सरकारलाई समर्थन गरेका सबै पार्टीसंग सामुहिक र छुट्टाछुट्टै बैठक बसेर सहमती र समझदारीमा कार्यविभाजन गरेर मन्त्रीमण्डल विस्तार गर्ने बताउँदै नेता पौडेलले सरकारमा गइसकेपछि सुविधा लिएर बस्नेमात्रै नभएर निर्वाचनका बेला गरेका वाचाहरु पुरा गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी राम्रो नेता पौडेलको भनाइ छ । सरकारलाई विश्वासको मत दिएको रास्वपा केहि गरौँ भन्ने भावना बोकेर आएको पार्टी भएकाले सरकारमा सहभागी बनाउन प्रधानमन्त्री प्रचण्ड पनि प्रतिवद्ध रहेकाले त्यहि अनुसार अगाडि बढ्ने बताउनुभयो ।

    मन्त्रालय थोरै र दावेदार धेरै भएको प्रसंगमा नेता पौडेलले बरु आलोपालोमा जाने तर सबैलाई समेट्ने भएकाले निकै जटिल र टुङग्याउनै नसक्ने अवस्था नआउने दावी गर्नुभयो । सामुहिक बैठकमा भएको निर्णय र समझदारीमा सबैको सहमती रहने पनि नेता पौडेलको विश्वास छ ।


    मंगलवार, चैत्र ७ २०७९०७:३२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij