काठमाडौं । एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनीत हुनुभएको छ ।
आज बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनीत गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनीत गरिएको छ ।
४ मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि घनश्याम भूसाल गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।
यस्तै उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।