काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यावद राजनीतिमा निस्कलंक,स्वच्छ छवि भएका र सादा जिवन भएका व्यक्ति भएको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवको छवि र व्यक्तित्व कै कारण पार्टीले उम्मेदवार बनाएको र सबै सांसहरुले पनि विवेक पु¥याए सहि र योग्य व्यक्तिलाई छनोट गरि उपराष्ट्रपतिमा निर्वाचित गरेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व–उपप्रधानमन्त्री समेत रहनुभएका यादवले नवनिर्वाचित उपराष्ट्रपतिले पाएको अहिलेको जित जनताका लागि गरेको संघर्ष र सादगीपूर्ण जिवनको परिणाम भएको उल्लेख गर्नुभएको छ ।
यादवले उपराष्ट्रपतिमा जित्नुले राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचारको शन्देश दिएको नेता यादवको भनाइ छ ।
नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपाका नेता यादव निर्वाचित हुनुभएको छ । हिजो भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी हुनुभयो । उहाँले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गर्नुभयो ।
उपराष्ट्रपतिमा निर्वाचित यादव बारा—२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्छ । उहाँ जसपाका संसदीय दलका नेतासमेत हुनुहुन्छ ।