Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पर्यटन तथ्याङ्क सम्बन्धि एशिया प्रशान्त क्षेत्रीय कार्यशाला काठमाडौंमा सम्पन्न

पर्यटन तथ्याङ्क सम्बन्धि एशिया प्रशान्त क्षेत्रीय कार्यशाला काठमाडौंमा सम्पन्न

  • शुक्रवार, चैत्र ३ २०७९

  • 529
    SHARES

  • पर्यटन तथ्याङ्क सम्बन्धि एशिया प्रशान्त क्षेत्रीय कार्यशाला काठमाडौंमा सम्पन्न

    काठमाडौं। विश्व पर्यटन संगठन एनडब्लुयूटीओ, नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजनामा तीन दिवसिय वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक क्षेत्रीय कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ ।

    चैत्र १ देखि ३ गतेसम्म (मार्च १५ देखि १७) सम्म चलेको कार्यशालामा नेपाल, भारत, बगंलादेश, मलेशिया, माल्दिभ्स, इन्डोनेसिया,इरान, फिलिपिन्स , कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेन लगायत ११ देश तथा युएनडब्लुयूटीओका प्रतिनिधिहरु सहभागी भएका थिए ।

    विश्व पर्यटन संगठनले विश्व पर्यटनका विभिन्न आयामहरुमा छलफल गर्दै पर्यटन उद्योगलाई चलायमान गराउन विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आइरहेकोमा क्षेत्रीय कार्यक्रम नेपालमा आयोजना भएको थियो ।

    कार्यशालाले पर्यटन विकास र विस्तारका लागि पर्यटकीय तथ्याङ्कमा जोड दिंदै यसैको आधारमा नयाँ योजना र कार्यक्रम निर्माण गर्नु पर्नेमा जोड दिएको छ ।

    कार्यक्रमको समापन सत्रमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले पर्यटन क्षेत्रको संख्यात्मक तथा गुणात्मक विकासका लागि तथ्याङ्कको महत्वपूणर् भूमिका रहने बताउनु भयो ।

    उहाँले कार्यशालामा भएका छलफल र यसबाट निस्केको निष्कर्षले एशिया तथा प्याशिफिक क्षेत्रको पर्यटनलाई नयाँ गति दिने बताउनु भयो ।
    साथै उहाँले नेपालमा महत्वपूणर् र गहन कार्यक्रम आयोजना गरेकोमा युएनडब्ल्युटीओलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस प्रकारका कार्यक्रममा सहकार्य हुने अपेक्षा गर्नु भयो ।

    कार्यक्रममा संयुुक्त राष्ट्रसंघ अन्र्तगत विश्व पर्यटन सङ्गठनका एक्सटर्नल रिलेशन निर्देशक बेका जकेली ले कुनै पनि नीतिका लागि तथ्याङ्कको भूमिका महत्वपूणर् हुने उल्लेख गर्दै पर्यटन विकासको लागि यसको प्रयोग झनै बढि आवश्यक भएको बताउनु भयो ।

    उहाँले हरेक देशलाई सहि विधि,प्रक्रिया,धेरैस्रोतबाट तथ्याङ्क संकलन गरि त्यसको विश्लेषण गरी स्याटेलाइट अकाउण्ट तयार पार्न आग्रह गर्नु भयो ।

    कार्यशालामा पर्यटनका विभिन्न आयामहरुको गहन छलफल तथा पर्यटन तथ्याङ्कका विषयमा विभिन्न देशहरुका अनुभव आदान प्रदानले पर्यटनको लागि नयाँ दृष्टिकोण तयार हुने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताउनु भयो ।

    तीन दिवसीय कार्यशालामा पर्यटनसंग सम्बन्धित विभिन्न सेसनमा एक दर्जन बढि कार्यपत्र प्रस्तुतिकरण गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।


    शुक्रवार, चैत्र ३ २०७९०३:५२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij