Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिले भेटेर बधाई दिने

नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिले भेटेर बधाई दिने

  • शुक्रवार, चैत्र ३ २०७९

  • 442
    SHARES

  • नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिले भेटेर बधाई दिने

    ३ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिनुहुने भएको छ ।

    त्यसका लागि आज शुक्रबार दिउँसो ३ बजेका लागि राष्ट्रपति भवन शितल निवासमा कार्यक्रम राखिएको छ ।

    यसअघि बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीलाई सम्मान गर्नुभएको थियो ।

    नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो ।


    शुक्रवार, चैत्र ३ २०७९०१:४७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij