Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिष्पर्धा हुने

त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिष्पर्धा हुने

  • बिहिवार, चैत्र २ २०७९

  • 326
    SHARES

  • त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिष्पर्धा हुने

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदै छ ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

    यो खेल तीन वर्ष लामो आईसीसी विश्वकप लिग टु क्रिकेटको अन्तिम खेल हो ।

    सात देश सहभागि लिग टु क्रिकेटमा बिहीबारको खेल जिते नेपाल अंक तलिकाको चौथो स्थानबाट तेस्रो स्थानमा उक्लिनेछ । शीर्ष तीन टोलीले विश्वकप क्रिकेटको ग्लोबल छनौटमा सिधै स्थान बनाउने हुनाले नेपाललाई बिहीबारको खेल जित्नैपर्ने दबाबमा छ ।


    बिहिवार, चैत्र २ २०७९०८:४६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij