Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालको एकदिवसीय वरीयता सुधार

नेपालको एकदिवसीय वरीयता सुधार

  • बुधवार, चैत्र १ २०७९

  • 572
    SHARES

  • नेपालको एकदिवसीय वरीयता सुधार
    काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार(आज) सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
     
    नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १७ औं स्थानमा रहेको थियो । 
     
    नामिबियालाई पछि पार्दै नेपाल १६ औं स्थानमा उक्लिएको हो । नेपाल भन्दा पछाडि नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् ।
     
    एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ । भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । 


    बुधवार, चैत्र १ २०७९०२:२४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij