Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पपुवा न्युगिनीविरूद्ध नेपाल ९ विकेटले विजयी

पपुवा न्युगिनीविरूद्ध नेपाल ९ विकेटले विजयी

  • सोमवार, फाल्गुण २९ २०७९

  • 477
    SHARES

  • पपुवा न्युगिनीविरूद्ध नेपाल ९ विकेटले विजयी

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा घरेलु टिम नेपालले आज पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ ।

    ९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । ७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो । नेपालका लागि आशिफ शेखले अर्धशतक बनाएका हुन् ।

    उनले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएर अविजित रहेका थिए । त्यस्तै, कुशल मल्ल १२ रनमा अविजित रहेका थिए । नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएका हुन् ।

    यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले खराब प्रदर्शन गर्दै नेपाललाई झिनो लक्ष्य दिएको हो । पपुवा न्युगिनीले ३२ ओभरको समाप्तिमा सबै विकेटको क्षतिमा ९५ रन बनाएको थियो ।


    सोमवार, फाल्गुण २९ २०७९०१:२८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij