Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रणनैतिक तरिकाले उपराष्ट्रपतिमा पार्टीबाट दुई जना उम्मेदवार : मनिस सुुमन

रणनैतिक तरिकाले उपराष्ट्रपतिमा पार्टीबाट दुई जना उम्मेदवार : मनिस सुुमन

  • आइतवार, फाल्गुण २८ २०७९

  • 418
    SHARES

  • रणनैतिक तरिकाले उपराष्ट्रपतिमा पार्टीबाट  दुई जना उम्मेदवार  : मनिस सुुमन

    काठमाडौं । जसपाका प्रवक्ता मनिस सुुमनले रणनैतिक तरिकाले उपराष्ट्रपतिमा पार्टीबाट दुई जना उम्मेदवार उठाएको बताउनुभएको छ ।

    निर्वाचन आयोगले हिजो बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो उक्त निर्धारित समयमा उपराष्ट्रपति पदका लागी ४ जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको हो ।

    सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला यादव तथा जनमत पार्टीकी ममता झा रहनुभएको छ भने एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    नेपाली रेडियोको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता सुमनले गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने पूर्वसहमती अनुसार पार्टीले प्रस्ताव गरेका व्यक्ति यादवको नाम सार्वजनिक हुनासाथ एक प्रकारको कोकोहोला मच्चीएका कारण यादवसँगै महिला प्रमिला यादवको पनि उम्मेदवारी दर्ता गराएको स्पष्ट पार्नुभयो ।

    आयोगले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेपछि जसपाले यादवसँगै प्रमिलालाई पनि उठाएको हो । राष्ट्रपतिमा पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले त्यो भन्दा फरक महिला वा अन्य लिङ्गबाट उम्मेदवार बनाउने आयोगले विज्ञप्तीमर्फत यस अगाडि नै बताइसकेको छ ।

    साथै राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ । चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुनेछ ।


    आइतवार, फाल्गुण २८ २०७९०७:५९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij