Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप लिग–२ : पीएनजीमाथि नेपालको सानदार जित

विश्वकप लिग–२ : पीएनजीमाथि नेपालको सानदार जित

  • बिहिवार, फाल्गुण २५ २०७९

  • 515
    SHARES

  • विश्वकप लिग–२ : पीएनजीमाथि नेपालको सानदार जित

    काठमाडौं । ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)लाई ५२ रनले हराएको छ । यो जितसँगै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ । सोझै ओडिआई मान्यता निरन्तरता गर्ने सम्भावना मजबुत बनाएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर ओडीआईमा अहिलेसम्मकै उच्च स्कोर २९७ रन बनाएको थियो । २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा २४५ रनमा अलआउट भयो ।

    पीएनजीलाई अलआउट गर्न नेपालका स्पिनहरू सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले मिलेर विकेट लिए । नेपालको इनिङ्समा पीएनजीका फास्ट बलरले ९ विकेट लिएका थिए । तर पीएनजीको इनिङ्स भने नेपाली स्पीनरले ध्वस्त बनाए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रले ९।१ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । पूरै १० ओभर बलिङ गरेका कुशल मल्लले ६० रन खर्चेर १ विकेट लिए । कप्तान रोहितले समेत ९ ओभर बलिङ गर्दै ३१ रन मात्र खर्चे ।

    पीएनजीका लागि आठौं नम्बरमा ब्याटिङ गरेका नोर्मन भानुले सर्वाधिक ६० रन बनाए । ओपनर टोनी उराले ५० र कप्तान असद भालाले ४२ रन बनाए ।

    जितपछि ३३ खेलबाट ३४ अंक जोडेको नेपाल लिग-२ मा पाँचौ स्थानमा छ । नेपाललाई अब ओडीआई मान्यता जोगाउनका लागि अब एक जित आवश्यक छ । शृंखलाका बाँकी तीन खेल जितेमा शीर्ष तीनमा पुग्दै नेपाल आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायर्समा छनोट हुनेछ ।


    बिहिवार, फाल्गुण २५ २०७९०४:५२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij