Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रास्वपाले राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने, सरकारमा पनि जाने

रास्वपाले राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने, सरकारमा पनि जाने

  • बिहिवार, फाल्गुण २५ २०७९

  • 1.2K
    SHARES

  • रास्वपाले राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने, सरकारमा पनि जाने

    काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा औपचारिक तथा आधिकारीक निर्णय गरिनसकेको राष्टिय स्वतन्त्र पार्टीले काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने संकेत गरेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा रास्वपाका नेता तथा सांसद मनिष झाले पौडेललाई समर्थन गर्ने संकेत गर्नु भएको हो ।

    नेता झाले संसद विघटन गर्दा पूर्व सभामुखका रुपमा सुवासचन्द्र नेम्वाडसँग जुन अपेक्षा गरिएको थियो, त्यो भूमिका उहाँले निर्वाह गर्न नसकेकाले राष्ट्रपति हुँदा पनि उहाँले अपेक्षित भूमिका निर्वाह गर्न सक्नुहुन्छ भन्ने आधार नदेखिएको बताउनु भयो । अहिले निर्वाचन आचार संहिता लागेको र पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेकाले मैले सार्वजनिक संचार माध्यममा अहिले भन्न मिल्दैन, तर मेरो संकेत बुझ्नु होला, उहाँले भन्नुभयो ।

    मतदानका बारेमा औपचारिक निर्णय गर्न रास्वपाले अहिले विहान बैठक बोलाएको पनि उहाँले जानकारी दिनुभयो । राप्रपाले जस्तै मतदान नै नगर्ने निर्णय रास्वपाले नगर्ने स्पष्ट पार्दै उहाँले मतदान गर्नु मतदाताको अधिकार र दायित्व दुवै भएको उल्लेख गर्नुभयो ।

    नेता झाले रास्वपा नयाँ गठवन्धनमा सँगै रहने संकेत पनि गर्नुभयो । अघिल्ला केही निर्णयहरुमा नेकपा एमाले तिर झुकाव देखाएको रास्वपाले अहिले भने एमालेभन्दा टाढा रहने निर्णयहरु गरेको छ ।

    उहाँले भन्नुभयो, नयाँ गठवन्धनमा पनि रास्वपा तेस्रो ठूलो शक्ति हुने भएकाले हामी सरकारमा जाने संभावना पनि छ । कुराकानी भइरहेको छ, तर आधिकारीक तथा औपचारिक निर्णय भने हुन बाँकी छ ।

    उहाँले अहिले गठवन्धन पहिलेको भन्दा बढी जाने विश्वास पनि व्यक्त गर्नुभयो । सहकार्यका लागि भागवण्डा मात्रै सबै कुरा हैन, अस्तित्वको स्विकार्यताले पनि उत्तिकै अर्थ राख्छ, एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा देउवाले सहअस्तित्व सहजै स्विकार्ने भएकाले उहाँसँगको गठवन्धन सहज हुन सक्छ, नेता झाले भन्नुभयो । उहाँले सहकार्यका लागि ओलीभन्दा देउवा नरम स्वभावको भएकोले ओलीसँग भन्दा देउवासँग सहकार्य गर्न धेरैले सजिलो मान्ने गरेको बताउनु भयो


    बिहिवार, फाल्गुण २५ २०७९०७:५१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij