Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो

  • बुधवार, फाल्गुण २४ २०७९

  • 611
    SHARES

  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो
    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले फागुन बिहीबार (भोलि) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
     
    उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। पार्टी कार्यालय बालकुमारी बस्ने बैठक दिउँसो ३ बजे सुरु हुनेछ। 
     
    जसपाले भोलि बिहान सांसदहरूलाई बालकुमारीमा उपस्थित हुन निर्देशन दिएको छ। पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ।
     
    बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरूलाई सूचित गरिएको छ। जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरू २२ गरी ३६ सांसदहरू छन्। प्रतिनिधि सभा समानुपातिक तर्फको एक स्थान रिक्त छ।


    बुधवार, फाल्गुण २४ २०७९०४:३०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij