Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

स्वदेशी उत्पादनको मात्रै प्रयोग गर्न उद्योग मन्त्रालयको निर्देशन

स्वदेशी उत्पादनको मात्रै प्रयोग गर्न उद्योग मन्त्रालयको निर्देशन

  • मंगलवार, फाल्गुण २३ २०७९

  • 373
    SHARES

  • स्वदेशी उत्पादनको मात्रै प्रयोग गर्न उद्योग मन्त्रालयको निर्देशन

    काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वदेशी उत्पादनको उपभोग गर्न परिपत्र गरेको छ। उद्योग मन्त्रालयले सबै विभाग, सार्वजनिक संस्थानलाई परिपत्र गर्दै स्वदेशी वस्तुको उपयोग गर्ने प्रबन्ध मिलाउन न‍िर्देशन दिएको हो।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका शाखा अधिकृत युवराज अर्यालले गरेको परिपत्रमा भनिएको छ,‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पत्र अनुसार फागुन १२ गतेको मुख्यसचिव ज्यूको संयोजकमा बसेको ६४ औं केन्द्रीय अनुगमन तथा मुल्यांकन समितिको बैठकको निर्णयको बुँदा नं. ८ मा सबै सरकारी निकायले सम्भव भएसम्म स्वदेशी वस्तु प्रयोग गर्ने प्रबन्ध मिलाउने उल्लेख गरेकाले उक्त निर्णय कार्यान्वयनको लागि आदेशानुसार अनुरोध छ ।’

    खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको व्यवसायीले गुनासो गरेका छन्। खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उनीहरूको भनाइ छ। किसानको जीवनस्तर माथि उकास्न सके मात्र अर्थतन्त्र मजबुत हुने अपेक्षा छ।


    मंगलवार, फाल्गुण २३ २०७९०१:२५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij