Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

वसन्त ऋतुको आगमनसँगै फागुको रौनक, फुलको रस छ्यापेर सद्भाव साटिने प्रचलन (खास खबर)

वसन्त ऋतुको आगमनसँगै फागुको रौनक, फुलको रस छ्यापेर सद्भाव साटिने प्रचलन (खास खबर)

  • सोमवार, फाल्गुण २२ २०७९

  • 331
    SHARES

  • वसन्त ऋतुको आगमनसँगै फागुको रौनक, फुलको रस छ्यापेर सद्भाव साटिने प्रचलन (खास खबर)
    काठमाडौं । फागु पूर्णिमा अर्थात् होली वसन्त ऋतुको सुरुवाती चरणमा मनाइने पर्व हो । पहाड तथा हिमालमा बस्नेहरूले आज यो पर्व मनाएका छन् भने तराई क्षेत्रमा बसोबास गर्नेहरूले भोलि मंगलबार यो पर्व मनाउँदै छन् । होली मनाउने वैदिक र पौराणिक मत दुवै चलन चल्तीमा  छन् । 
     
    वैदिक कालमा यो पर्व नवान्नेष्टि नामले चिनिन्थ्यो । नेपालको तराई क्षेत्रमा यो  दिन खेतमा पाक्दै गरेका अधकल्चा अन्नहरू होलीका डढाउन तयार पारिएको अग्निमा अर्पण  गरी प्रसाद स्वरूप खाने चलन रहेको थियो । 
     
    प्राचीन कालमा फागु विवाहित महिलाहरूद्वारा परिवारको सुख समृद्धिको लागि खेलिन्थ्यो र पूर्ण चन्द्रको पूजा गरिने चलन थियो । होलीका दहन गर्ने दिन  सार्वजनिकस्थल या घरको छेउमा झण्डा या डण्डा गाडी   होलीका अग्निको लागि दाउरा जुटाई अन्न डढाइने चलन थियो । हाल काठमाडौंको वसन्तपुर लगायत देशका विभिन्न जिल्लामा चीर ठड्याउने चलन पनि रहेको छ । 
     
    सत्य, त्रेता, द्वापर, कलीमा होली विभिन्न किसिमले बेग्लाबेग्लै नामले मनाउँदै आइएको पाइन्छ । यो पर्व वसन्त ऋतुको सन्देशवाहक पर्व भएकोले संगीत र रंग यसको प्रमुख अंग हो । फागुन महिनामा मनाइएकोले फाल्गुनी हुँदै  फागु भनिएको हो । यो पर्व नेपालमा  वसन्त पञ्चमीमा वसन्त श्रवण गरिसकेपछि शास्त्रीय रूपमा  सुरु भएको मानिन्छ । 
     
    मानव उत्पत्ति भएपछि बिस्तारै चेत बस्दै जाँदा फुलले एकअर्कालाई हिर्काएर समेत यो पर्व मनाउने गरिएको थियो भने बिस्तारै तीनै फुलहरूको रस निकालेर एकअर्कालाई छ्याप्ने प्रचलन सुरु भएको संस्कृतिविद् डा. निर्मला पोखरेलको भनाइ छ ।
     
    चाड पर्व मनाउनुको पछाडि सामाजिक, ऐतिहासिक एवं आध्यात्मिक कारण रहन्छन् । होली संक्रान्ति सरह कि देवी हुन् । मानव शरीरको  षड्विकारहरू माथि  विजय प्राप्त गर्ने क्षमता होलीका देवीमा रहेको मानिन्छ । त्यसैले मानव विकार माथि  विजय प्राप्त गर्न होलिका देवीसँग प्रार्थना गरिन्छ । होली अग्निदेवताको उपासनाको एक अंग हो । 
     
    अग्निदेवताको उपासना गर्दा व्यक्ति विशेषको तेजत्व  बढ्न पुग्छ र  उसको रजो र तमो गुण घट्दछ । त्यसकारण होलीका दहन रात्रीकालमा गरिएको हो । आजको दिनमा आसुरी शक्ति र दैविक शक्तिकाबीच लडाइँ भई दैविक शक्तिले विजय प्राप्त गरेको किंवदन्ती रहेको छ । संस्कृतिविद् प्राडा रामचन्द्र गौतमका अनुसार आजको दिनमा देवताहरूले जितेर राक्षसलाई पतन गरेका थिए । 
     
    यसवर्षको होलीमा पनि काठमाडौं उपत्यका लगायत देशैभर प्रहरीले कडा निगरानी राखेको थियो । पछिल्लो समय होलीमा लोला हान्ने, अण्डाले हिर्काउने, गाई गोरुको गोबर र फोहोर पानी छ्याप्नेजस्ता विकृति भित्रिएका छन् यसको अन्त्य हुन जरुरी छ । यो पर्वमा रङले मात्रै होइन, अग्निबाट निस्किएको भष्म अर्थात् खरानी दलेर वा फुलका थुँगाहरूले एकअर्कालाई हिर्काएर समेत आत्मीयता साट्न सकिन्छ । 
     


    सोमवार, फाल्गुण २२ २०७९०८:२९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij