Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यातायात कार्यालयको सर्भर डाउन, सबै सेवा अवरुद्ध

यातायात कार्यालयको सर्भर डाउन, सबै सेवा अवरुद्ध

  • आइतवार, फाल्गुण २१ २०७९

  • 674
    SHARES

  • यातायात कार्यालयको सर्भर डाउन, सबै सेवा अवरुद्ध

    काठमाडौं । एकान्तकुनास्थित यातायात कार्यालयको सर्भर डाउन भएको छ ।

    आइतबार बिहानदेखि कार्यालयको सर्भर डाउन हुँदा सबैजसो सेवा अनिश्चितकालका लागि बन्द भएको छ । कार्यालयले एक सूचना जारी गर्दै सेवा अवरुद्ध बनेको जानकारी दिएको हो ।

    विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान कार्यालय समयदेखि नै सर्भरमा प्राविधिक समस्या आउँदा स्मार्ट कार्ड वितरण बाहेक सबै सेवा अवरुद्ध बनेको छ ।’

    सर्भर डाउन भएसँगै आज आइतबार बायोमेट्रिक परेका सेवाग्राहीको बायोमेट्रिक समेत रोकिएको छ । अब २५ गतेका लागि नयाँ बायोमेट्रिक मिति तोकिएको कार्यालयले जनाएको छ ।


    आइतवार, फाल्गुण २१ २०७९०१:५८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij