Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय राजनीति व्यक्ति र सत्ता स्वार्थमा केन्द्रित भयो : डा. भीम रावल

राष्ट्रिय राजनीति व्यक्ति र सत्ता स्वार्थमा केन्द्रित भयो : डा. भीम रावल

  • शनिवार, फाल्गुण २० २०७९

  • 503
    SHARES

  • राष्ट्रिय राजनीति व्यक्ति र सत्ता स्वार्थमा केन्द्रित भयो : डा. भीम रावल

    काठमाडौं ।  नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय राजनीति व्यक्ति र सत्ता स्वार्थमा केन्द्रित भएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले देशको राष्ट्रिय विषयहरुमा, राज्यले ध्यान दिनपर्नेतर्फ ध्यान नदिएर खाली पदकै पछि लाग्ने प्रवृति बढेको आरोप लगाउनुभयो ।

    यस्तै उहाँले यो राज्य अचानोमा परेर थिलथिलो बनाइँदैछ की भन्ने आभाव हुने गरेको बताउँदै यो निकै चिन्ताको विषय भएकाले सबैले गम्भिररुपमा लिनुपर्ने कुरामा जोड दिनुभयो ।

    यस्तै नेता रावलले अर्को प्रसंगमा राष्ट्रपतिमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र आठ दलबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमध्ये को निर्वाचित हुन्छ भनेर अहिले नै भन्न नसकिने बताउनुभएको छ ।

    नेता रावलले आठ दलको बढि र एमालेको संख्या कम देखिए पनि निर्वाचनको दिनसम्म यसले कुनै नाटकिय मोड लिन्छ की लिदैँन अहिले नै भन्न सक्ने अवस्था नरहेकाले राष्ट्रपतिमा को निर्वाचित हुन्छ भन्न नसकिने बताउनुभयो ।

    राष्ट्रपति निर्वाचनको लागि अहिले जति पनि चर्चा र विभिन्न कार्यक्रमहरु भइरहेका छन् ती सबै क्रियाकलापले भोलि राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिलाई अहिले देखिनै यो पद सर्वशक्तिमान हो यो पदले जे गर्दा पनि हुन्छ भन्ने महसुस गराउने गरि राजनीतिक दलले अहिले गरिरहेको काम अनुचित र गलत भएको नेता रावलको भनाइ छ ।


    शनिवार, फाल्गुण २० २०७९०७:४२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij