Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सरकारसँग सहकार्य गरे गैरआवासीय नेपालीले पनि इन्भेष्टमेन्ट कम्पनी खोल्न पाउने

सरकारसँग सहकार्य गरे गैरआवासीय नेपालीले पनि इन्भेष्टमेन्ट कम्पनी खोल्न पाउने

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 324
    SHARES

  • सरकारसँग सहकार्य गरे गैरआवासीय नेपालीले पनि इन्भेष्टमेन्ट कम्पनी खोल्न पाउने

    काठमाडौं। गैरआवासीय नेपालीहरुले सरकारसँग सहकार्य गरे नेपालमा इन्भेष्टमेन्ट कम्पनी खोल्न पाउने भएका छन् । गैरआवासीय नेपालीलाई नेपालमा लगानी भित्र्याउन प्रोत्साहन गर्ने गरी सरकारले इन्भेष्टमेन्ट कम्पनी स्थापनाका शर्त संशोधन गरेको हो।

    उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले शर्त संसोधनसँगै नेपालमा गैरआवासीय नेपालीको लगानी भित्र्याउन सहजीकरण हुने आसा गरेको बताउनुभयो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको संशोधनपछि अब गैरआवासीय नेपालीले नेपाल सरकारसँग मिलेर नेपालमा उद्योगको रुपमा गैरइन्भेष्टमेन्ट कम्पनी स्थापना गर्न पाउने छन्। यस अघि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा मात्रै इन्भेष्टमेन्ट कम्पनी उद्योगको रुपमा दर्ता गर्न पाइन्थ्यो।

    संशोधित शर्तअनुसार अब नेपाल सरकार र गैरआवासीय नेपालीले संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्न पाउने छन्। यस्तो कम्पनीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले तोकेको क्षेत्रमा न्यूनतम १० करोडबाटै लगानी गर्न सक्ने छ। 

    गैरआवासीय नेपालीले सरकारसँग मिलेर स्थापना गरेको इन्भेष्टमेन्ट कम्पनीलाई पूर्वाधार सम्बन्धी परियोजनाको बोन्ड र डिबेन्चरमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ।

    यस्ता कम्पनीले आफ्नो कम्पनीबाटै विदेशी लगानी स्वीकृत गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ। गैरआवासीय नेपालीको लगानीको रकम नेपाल बाहिर लैजाने व्यवस्थाका लागि सरकारले छुट्टै प्रक्रिया तोक्ने पनि विभागले जनाएको छ।


    शुक्रवार, फाल्गुण १९ २०७९०५:४७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij