Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईसीसी विश्वकप लिग–२ मा यूएईसँग नेपाल ६८ रनले पराजित

आईसीसी विश्वकप लिग–२ मा यूएईसँग नेपाल ६८ रनले पराजित

  • बिहिवार, फाल्गुण १८ २०७९

  • 514
    SHARES

  • आईसीसी विश्वकप लिग–२ मा यूएईसँग नेपाल ६८ रनले पराजित

    काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ ।

    बिहीबार भएको खेलमा नेपाल घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको हो ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३९ रन बनायो ।

    नेपालका लागि कुशल मल्लले ६० रनको अर्धशतकीय पारी खेले । त्यस्तै सन्दीप लामिछानेले २५ रन बनाउँदा आसिफ शेखले १७ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनाएको थियो । यूएईका लागि आसिफ खान र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । आसिफले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए ।

    त्यस्तै ७६ बल खेलेका मुस्तफाले २ चौकाको सहयोगमा ५२ रन बनाए । यूएईका आर्यन लाकरले २८ रन बनाउँदा चन्दकोपियल रिजवानले २२ रनको योगदान गरे । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । त्यस्तै करण केसी, आसिरफ शेख र कुशल मल्लले एक–एक विकेट लिए ।

    यो जितसँगै यूएईले ३० खेलमा ३१ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । परातिज नेपाल २८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।


    बिहिवार, फाल्गुण १८ २०७९०६:१४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij