Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट : नेपालद्वारा युएईलाई १९२ रनको लक्ष्य

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट : नेपालद्वारा युएईलाई १९२ रनको लक्ष्य

  • बिहिवार, फाल्गुण १८ २०७९

  • 375
    SHARES

  • आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट : नेपालद्वारा युएईलाई १९२ रनको लक्ष्य

    काठमाडौं। आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा नेपालले युएईलाई १९२ रनको लक्ष्य दिएको छ ।

    आजमानमा रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनायो । नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय पारी खेले । देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

    त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरे । नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरे ।

    बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिए । त्यस्तै हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिए ।

    आजको खेल नेपालका लागि निर्णायक छ । आजको खेलमा नेपालले जित निकाल्न सकेमा सन् २०२४ मा श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

    यता यूएई पनि आजको खेलमा नेपाललाई हराउँदै विश्वकपमा छनोट हुन चाहन्छ ।


    बिहिवार, फाल्गुण १८ २०७९०२:००:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij