Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लिग टु खेल्न सन्दीप लामिछाने यूएई प्रस्थान

लिग टु खेल्न सन्दीप लामिछाने यूएई प्रस्थान

  • बुधवार, फाल्गुण १७ २०७९

  • 974
    SHARES

  • लिग टु खेल्न सन्दीप लामिछाने यूएई प्रस्थान
    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको दुबई गएका छन् । उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
     
    सर्वोच्च अदालतले विदेश जान अनुमति नलिनुपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार(आज) दिउँसो ३ बजे युएई गएका हुन् ।
     
    क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल भोलि घरेलु टोली यूएईसँग खेल्नेछ ।
     
    नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले स्वीकृति दिएपछि सन्दीप दुबई गएको बताए । टिम व्यवस्थापनले चाहेमा उनले भोलि युएईविरुद्धकै खेल खेल्न पाउने उनको भनाइ छ  ।


    बुधवार, फाल्गुण १७ २०७९०४:३६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij