Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

क्यानले सन्दीपलाई आजै यूएई पठाउने

क्यानले सन्दीपलाई आजै यूएई पठाउने

  • बुधवार, फाल्गुण १७ २०७९

  • 647
    SHARES

  • क्यानले सन्दीपलाई आजै यूएई पठाउने

     काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई आजै पठाउने तयारी गरेको छ ।

    यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानले जनाएको छ । क्यानका अनुसार सन्दीपको भिजा पनि आइसकेको छ ।

    सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका कारण उनलाई सिरिजका लागि यूएई पठाउन लागिएको हो । नेपालले भोलि बिहीबार घरेलु टोली यूएईसँग तथा शुक्रबार र सोमबार पपुवा न्युगिनीसित खेल्दै छ ।


    बुधवार, फाल्गुण १७ २०७९०१:००:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij