Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इलाममा भूकम्पको धक्का महसुस

इलाममा भूकम्पको धक्का महसुस

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 495
    SHARES

  • इलाममा भूकम्पको धक्का महसुस

    काठमाडौं । इलाममा मंगलबार (आज) भूकम्पको धक्का महसुस गरिएको छ ।

    बिहान १० बजेर ३ मिनेटमा इलामको माइमझुवा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभयो ।

    केन्द्रका अनुसार यसअघि यही फागुन १० गते बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि फागुन १ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।


    मंगलवार, फाल्गुण १६ २०७९०३:०५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij