Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नेपाल केहि वर्षमै बिद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

नेपाल केहि वर्षमै बिद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 422
    SHARES

  • नेपाल केहि वर्षमै बिद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने दाबी गर्नुभएको छ।

    काठमाडौँमा आयोजित नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताउनुभएको हो।

    त्यो समयसम्म आत्मनिर्भर भएर पनि २५ सय मेगावाट विद्युत् बढी हुने उल्लेख गर्नुभयो। उहाँले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान रहेको जानकारी दिनुभयो ।

    उहाँले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावाट रहेको भन्दै प्रत्येक वर्ष ८ सय मेगावट विद्युत् उत्पादन बढ्दै गएको जिकिर समेत गर्नुभयो।

    निर्देशक घिसिङले सन् २०४२÷४३ सम्ममा २० हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्ने बताए।त्यस्तै निर्देशक घिसिङले जलविद्युत उत्पादनको लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताउनुभयो ।

    उहाँले एजीम बैंकबाट ७ सय मिलियन, जाइकाले १४० मिलियन, विश्व बैंक र एडिबीबाट २ मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गर्नुभयो। उहाँले सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताउनुभयो ।


    मंगलवार, फाल्गुण १६ २०७९०२:३०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij