Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले सरकारबाट बाहिरिएसँगै मन्त्रीहरूले बुझाए राजीनामा, भारतबाट भ्रमण हुँदा राजनीतिक परिदृष्य परिवर्तन (खासखबर)

एमाले सरकारबाट बाहिरिएसँगै मन्त्रीहरूले बुझाए राजीनामा, भारतबाट भ्रमण हुँदा राजनीतिक परिदृष्य परिवर्तन (खासखबर)

  • सोमवार, फाल्गुण १५ २०७९

  • 584
    SHARES

  • एमाले सरकारबाट बाहिरिएसँगै मन्त्रीहरूले बुझाए राजीनामा, भारतबाट भ्रमण हुँदा राजनीतिक परिदृष्य परिवर्तन (खासखबर)
    काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुलुकको राजनीतिमा हलचल पैदा भएको छ । एमालेका मन्त्रीहरूलाई बिना विभागीय बनाउने प्रधानमन्त्री पुष्पकमल दाहालको चलखेलका बुझेपछि उनीहरूले आजै राजीनामा पनि बुझाएका छन् । आजै समर्थन फिर्ता लिनुको अर्को कारण परराष्ट्रमन्त्री डा. विमला राई पौडेलको जेनेभा भ्रमण प्रधानमन्त्री प्रचण्डले रोक्नुभएको थियो । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । 
     
    एमालेका उपाध्यक्ष विष्णु पौडेलले पुस १० गते भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताउनु भएको छ । प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरूलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाउनु भयो । 
     
    प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको पौडेलले आरोप लगाउनु भयो । यता, परराष्ट्रमन्त्री डा. पौड्यालले नबोलाएका विदेशी अधिकारी नेपाल भ्रमणमा आउँदा राजनीतिक वातावरण खलबलिएको टिप्पणी गर्नुभएको छ । विदेशी प्रतिनिधिको भेटमा अनिवार्य परराष्ट्र मन्त्रालयको उपस्थिति हुनुपर्ने कुरा मन्त्रिपरिषद्बाट निर्णय गराएको स्मरण गराउँदै उहाँले दलका नेताहरूले कार्यान्वयनमा इमानदारिता देखाउन नसकेको दाबी गर्नुभयो । 
     
    परराष्ट्रमन्त्री पौडेलले मन्त्रिपरिषद्को निर्णय अनुसार आफूले नेतृत्व गर्दै ५ सदस्य टोली आइतबार जेनेभा जाने तय भएपनि प्रधानमन्त्रीको निर्देशनअनुसार आफू जान नपाएको बताउनुभएको छ । मन्त्रिपरिषद्ले विज्ञको रुपमा पूर्वकानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई आफूसँगै टोलीमा जाने निर्णय गराएपनि अन्तिममा कोइरालालाई नै नेपालको नेतृत्व दिइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । कोइरालालाई सरकारको सल्लाहकारका रुपमा नियुक्ति गरेर सल्लाहकारको हैसियतमा पठाइएको सुनेको भन्दै सल्लाहकार नियुक्तिका लागि औपचारिक निर्णय नभएको मन्त्री पौड्यालले जानकारी दिनुभयो । नयाँ समीकरण बनेको दुई महिना नपुग्दै पुनः पुरानो गठबन्धन ब्युँतिएको छ । 
     
    यतिबेला सत्ता प्राप्तिको अस्वस्थ प्रतिस्पर्धा भइरहँदा मुलुकको गति भने थप कमजोर बन्दै गएको छ । प्रधानमन्त्री, मन्त्रीहरूले भन्ने सुशासन, विकास, समाजवाद लगायतका विषय सुन्दा सुन्दा जनताहरू वाक्क भएका छन् भने उनीहरू लाज पचाएर सोही वाक्य बोलिरहेका छन् । 
     


    सोमवार, फाल्गुण १५ २०७९०८:०५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij