Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यू-१९ विश्वकपको छनोटः नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

यू-१९ विश्वकपको छनोटः नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

  • सोमवार, फाल्गुण १५ २०७९

  • 382
    SHARES

  • यू-१९ विश्वकपको छनोटः नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

    काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा जारी राखेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा नेपालले हङकङलाई  ९ विकेटले पराजित गरेको हो ।  

    यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । 

    नेपालको जीतमा आकाश त्रिपाटीले प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक पूरा गरे । त्रिपाटीले ७१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ५८ रन बनाए ।  उत्तम थापाले ५० बलमा ४ चौकाको सहयोगमा अविजित ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रनमा आउट भए । 

    त्यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा अलआउट हुँदै १ सय २० रन बनाएको थियो ।  हङकङका लागि पर्थ भागवात ३६ रनमा आउट हुँदा मोहम्मद जाहिरले २९ रन बनाए । अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका लागि हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले समान २/२ तथा दीपेश कंडेलले १ विकेट लिए । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुवेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

    तेस्रो खेलमा २८ तारिख मंगलबार मलेसियाको सामना गर्ने नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ।  राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९  विश्वकपका लागि छनोट हुनेछ।


    सोमवार, फाल्गुण १५ २०७९०४:२८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij