Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यू १९ विश्वकप छनोटमा नेपालले आज हङकङसँग खेल्दै

यू १९ विश्वकप छनोटमा नेपालले आज हङकङसँग खेल्दै

  • सोमवार, फाल्गुण १५ २०७९

  • 472
    SHARES

  • यू १९ विश्वकप छनोटमा नेपालले आज हङकङसँग खेल्दै

    काठमाडौं। यूएईमा जारी रहेको आईसीसी यू १९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज हङकङसँग खेल्दै छ । नेपालले आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ।

    नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो।हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो।

    २०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएर्इ पुगेको नेपाली टोली जित निरन्तरता गर्न चाहन्छ।प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ। टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।

    प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ।तेस्रो खेलमा २८ तारिख मंगलबार मलेसियाको सामना गर्ने नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकपका लागि छनोट हुनेछ।


    सोमवार, फाल्गुण १५ २०७९०७:१५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij