Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप लिग टू मा आज नेपालले पीएनजीसँग प्रतिस्पर्धा गर्दै

विश्वकप लिग टू मा आज नेपालले पीएनजीसँग प्रतिस्पर्धा गर्दै

  • सोमवार, फाल्गुण १५ २०७९

  • 398
    SHARES

  • विश्वकप लिग टू मा आज नेपालले पीएनजीसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं। यूएईमा आज सोमबारबाट सुरु हुने विश्वकप लिग टू को यूएई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)सँग खेल्दै छ। नेपाल र पीएजीबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुदैछ ।

    पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

    मार्च २ ९फागुन १८० मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ ९फागुन १९० मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ ९फागुन २२० मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

    नेपाली टोलीमा श्याम(मौसम) ढकाल र प्रतिश जी।सी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।


    सोमवार, फाल्गुण १५ २०७९०७:१०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij