Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सातौं एपीएफ स्कुल कप आमन्त्रित फुटबलमा आयोजक एपीएफ स्कुल कीर्तिपुर विजयी

सातौं एपीएफ स्कुल कप आमन्त्रित फुटबलमा आयोजक एपीएफ स्कुल कीर्तिपुर विजयी

  • आइतवार, फाल्गुण १४ २०७९

  • 776
    SHARES

  • सातौं एपीएफ स्कुल कप आमन्त्रित फुटबलमा आयोजक एपीएफ स्कुल कीर्तिपुर विजयी
    काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगितामा नेपाल एपीएफ स्कुल, कीर्तिपुर विजयी भएको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक विद्यालय नेपाल एपीएफ स्कुल, कीर्तिपुरले ल्याब्रेटोरी माध्यमिक विद्यालयलाई १-० गोल अन्तरले पराजित गरी जित हात पार्न सफल भएको हो । 
     
    सशस्त्र प्रहरी बल नेपाल मानवश्रोत विभाग प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको उक्त फाइनल खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुरको तर्फबाट विकास बोहोराको  निर्णायक गोल गरे ।
     
    प्रतियोगिताको मध्यान्तरमा आयोजक विद्यालयका छात्रछात्राहरूले नृत्य तथा कराँते र तेक्वान्दो खेलसमेत प्रदर्शन गरेका थिए भने फुटबल प्रतियोगिता समापन पश्चात् कार्यक्रमका प्रमुख अतिथि पौडेल तथा विशेष अतिथिहरूबाट विजयी स्कुल तथा विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरूलाई कप, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। 
     
    प्रतियोगिताको विजेता बन्न सफल विद्यालय नेपाल एपीएफ स्कुल, कीर्तिपुरले विनर कप, मेडल तथा प्रमाणपत्रहरू प्राप्त गरेको छ भने विवश वि.क.ले उत्कृष्ट गोल रक्षकको उपाधि हासिल गरेका थिए । त्यसैगरी उप—विजेता बन्न सफल  ल्याब्रेटोरी माध्यमिक विद्यालयलाई फष्ट रनर अप कप, मेडल तथा प्रमाणपत्रहरू प्रदान गरिएको थियो । ल्याब्रेटोरी माध्यमिक विद्यालयका रविन बम्जनले उच्च गोलकर्ताको रुपमा गोल्डेन बुट र विज्ञान खड्काले उत्कृष्ट खेलाडीको उपाधि हासिल गरेका थिए भने फेयर प्ले टिममा बेशिक लर्निङ्ग बोर्डिङ्ग स्कुल, सतुङ्गल पर्न सफल भएको थियो । 
     


    आइतवार, फाल्गुण १४ २०७९०५:१३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij