Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वामपन्थीहरू एक ठाउँमा आए मात्र परिवर्तन हुन्छ : खनाल

वामपन्थीहरू एक ठाउँमा आए मात्र परिवर्तन हुन्छ : खनाल

  • आइतवार, फाल्गुण १४ २०७९

  • 650
    SHARES

  • वामपन्थीहरू एक ठाउँमा आए मात्र परिवर्तन हुन्छ : खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने बताउनु भएको छ ।

    नेता खनालले वामपन्थीहरू एक ठाउँमा आएको अवस्थामा मात्र परिवर्तन हुन सक्ने बताउनुभएको छ । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले भन्न्ुभयो, ‘देश जुन तरिकाले अघि बढिरहेको छ, गठबन्धनहरू कति बेला, कसरी बन्ने हुन अहिले यसै भन्न सकिने अवस्था छैन ।

    अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन। अहिले नेपालका वामपन्थीहरू एक ठाउँमा आउने हो भने परिवर्तनको अवस्था छ। तर वामपन्थीहरूमा अर्कै रूप देखिन्छ ।’

    उहाँले वामपन्थीहरुको बीचमा एकता हुन आवश्यक रहेको पनि बताउनुभएको छ । राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निणर्य गरिने उहाँले बताउनुभयो ।


    आइतवार, फाल्गुण १४ २०७९०१:१४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij